नियम १६
परियोजना प्रस्तुतीकरण गरी आशयपत्र बा प्रस्ताव माग गर्न सकिने
(१) नियम १५ मा जुनसुकै कुरा लेखिएको भए तापनि लगानी प्रवर्द्धन गर्ने सम्मेलनमा परियोजना प्रस्तुतीकरण (सो केस) गरी आशयपत्र वा प्रस्ताव माग गर्न सकिनेछ।
(२) उपनियम (१) बमोजिम प्रस्तुतीकरण गर्दा नियम १५ को उपनियम (२) बमोजिमको विवरण लगानीकर्तालाई उपलब्ध गराइनेछ ।
(३) उपनियम (१) बमोजिम आशयपत्र वा प्रस्ताव माग गरी परियोजना छनौट गर्ने सम्बन्धी अन्य व्यवस्था बोर्डले निर्धारण गरे बमोजिम हुनेछ।